साथ खोजेको थिएन
साथ दियौ तिमीले
अब जान लाग्यौ
साथको महसुस गरायौ
साथ त खोज्छ यसले
साथ कसले दिन्छ?
अब तिम्रो याद आइरहन्छ
डर साथ नपाउला भनिरहन्छ
डोरीको गाँठो फुकाइ
तिम्रा शब्दहरूले
"ह्याँ मुला" भनी
दु:ख सबै भगाइ
मोज हाम्रो तरिका अलग
मोज हाम्रो एउटै
जे सुकै भने पनि
साथ तिम्रो हुन्छ सधैं
रक्सि खाएर म रमाउँछु
तिमी खाएको हेरेर
सँघै घर फर्कन्छौं
रातो बत्ति झल्ल
एकलै जाँदा चाँडो
दुक्लै जाँदा धिलो
अब अफिस एकलै जान्दा
पछाडि बस्छको मेरो?
प्यारो साथी तिमी मेरो
स्कुलको साथी तिमी मेरो
घर छेउको साथी तिमी मेरो
साथ दिने साथी तिमी मेरो
साथी तिमी पहिलै देखि
प्यारो कहिल्यै भयौ?
इतिहासको पाना पल्ताउँदा
प्रथम दिन नै भयौँ
काठको यो याद हाम्रो
जलाइ बनाउँछु कोइला
हम्काइ विस्तार लिन्छु त्यसको मजा
घाउमाथि लगाउँछु त्यसलाई लेपको मलम
भोलिको साथको लागि बनाइ त्यसलाई मल
साथ दिन्छौ तिमी मलाइ
फिर्ता केही नलिई
दिननी के सक्छु र
ईश्वरी रूप भई जन्मि तिमी
महादेवको कण्ठ सरी
दु:ख सबै लिई
सबैको पिडा लुकाइ
दिन्छ हल सबै गरि
गुलाब सित काँडा
साथ सित बिछोड
भोलि भेट पक्कै होला
साथ दिन पाए भैगो
Saturday, August 18, 2007
Subscribe to:
Post Comments (Atom)
3 comments:
भावना राम्रो छ प्रज्वल । हो नि ईश्वर पनि गयो, सगुन पनि गयो, र अब तिमि पनि जान्छौ । यस्तैनै हो जीवनका पानाहरु । मपनि तिमी जस्तै भावुक छु अहिले ।
दिब्येन्द्र
prajol, i don't know what should i say, to say thank-you will be very less. you have written such a wonderful poem in your first shot. this just brings those moments right infront of my eyes now; rato batti jhalla yes i remember, and chilled air in lalitpur. but drink less and smoke little prajol, you know its not good for your health. now you don't even go swimming so don't have to kill kiraas inside. and i remember yes how slow would we travel. may be our engines knew we are going different ways soon, so these engines wouldn't want to accelerate. but again i see sometime in future when we get back to nepal, it will be lots and lots of fun to ride back home with raato batti jhalla. may be at that time, we will drive, i will drive not you, hehe.
well i have all my best wishes for you prajol and am really sorry that i haven't been able to write a poem at this time. I will always cherish the moments with you and other friends. well my parents also didn't say anything when i used to say you are with me, now that i am not with you, they seem to be little worried.
you have a wonderful time, and keep updating this blog. and always be the happy man. in for loop for i = 0 to infinity,thank you prajol.
साथीको यादमा यति राम्रो कविता पनि लेखिदियो, तिमिहरुको असल मित्रता देखेर मेरो मन धेरै नै भावुक भयो।
Post a Comment